स्वावलम्बी एवं आत्मनिर्भर समाज निर्माण गर्दै...

लक्ष्य

आफ्ना सदस्यहरूकेा जीवनस्तरमा सहकारी क्रियाकलाप मार्फत सुधार गर्दै स्वावलम्बी एवं अत्मनिर्भर समाज निर्माण गर्ने ।

परिचय

राष्ट्रिय  तथा अन्तराष्ट्रिय सहकारीका मूल्य, मान्यता र सिध्दान्तहरूका आधारमा सदस्यहरूमा छरिएर रहेको श्रोत र साधनलाई एकीकृत गरी सदस्यहरूका निर्वाचन प्रतिनिधि व्दारा संचालित एंव प्रजातान्त्रिक पध्दतिबाट नियिन्त्रित सहकारी संस्थाकेा माध्यमद्वारा प्रत्येक सदस्यहरूकेा आर्थिक, सामाजिक तथा सास्कृतिक विकासकेा लागि एक सहकारी संस्थाकेा गठन गरी संचालन गर्न आवश्यक भएकोले सहकारी ऐन २०४८ अन्तर्गत यस अर्थ बहुउदृेश्यीय सहकारी संस्था लिमिटेड. को स्थापना भएको हो ।